नेपाली समाचार ,Nepal Flag

Saturday, May 11, 2013

मेरो कलम



अस्ताउँदो सुर्यसंगै
झुपडीमा बास बसेको मेरो कलम
बिहानीपख जाग्यो
रातभर झुपडीको दुख
बेदना र पीडालाई सुम्सुम्याउदै
खाली पन्नामा मुक्तिमार्गका
हरफहरु कोर्न थाल्यो
अभावै अभावमा तड्पिएको
त्यो सानो झुप्रो घर
बाध्यता चपाउदै बिवास्ताले
पेट भर्दै थियो|
दुखको आँसु मिहिनेतको पसिना
बलिदानको रगत मसि बनेर
भरिएको मेरो कलम
तारे महलको ह्विस्की पिएर
मेची र काली छादने तिम्रो कलम
ज्यु!हजुरीमा जिएर
सुस्ता कालापानी नदेख्ने
तिम्रो कलम कसरि भयो?
मेरो जस्तो कलम ?
भन ,कसरि भयो मेरो जस्तो कलम ?

नौलो बिहानी

No comments:

Post a Comment