नेपाली समाचार ,Nepal Flag

Saturday, May 11, 2013

८ मिटर सुरुङ खनेर ८ कैदी बन्दी फरार

रोल्पा, २९ बैशाखः
रोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी बन्दी भागेका छन् । शनिबार मध्य राति एउटै कोठामा बस्दै आएका विभिन्न अभियोगमा थुनामा रहेका बन्दी र अभियोग प्रमाणित भएर जेल सजाय काटिरहेका  कैदीहरु ८ मिटर लामो सुरुङ खनेर भागेका हुन् । भाग्ने मध्ये तीनजना जवरजस्ती करणीका, चारजना डाकैति अभियोग लागेका र एक जना तस्करीको अभियोगमा कैद परेका थिए । भाग्नेहरुमा डाकाचोरी अभियोगमा पक्राउ परेका रोल्पा धबाङका कृष्णबहादुर वली र राजु थापा, दाङ सैघाका दीपक पुन, राङकोट रोल्पाका बसन्त रोका,  जवरजस्ती करणी अभियोगमा पक्राउ परेका रोल्पा जुगारका धु्रव डाँगी, रोल्पा जेदबाङका चम्फे विक, रोल्पा जंकोटका राजबहादुर वली छन् । यस्तै, तस्करी गरेको अभियोग लागेका रोल्पा खुंग्रीका अर्जुन सेन छन् ।  कारागारमा विभिन्न अभियोगका ८४ जना कैदीबन्दी थिए । कारागारको क्षमता ३५ जनाको मात्र भएपनि कारागार प्रशासनले कैदीहरुलाई कोचेर राखेको थियो । सुरुङ खनिएको कोठामा ११ जना कैदीबन्दी थिए । तीन जना भने भागेका छैनन् । भागेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सरोज पौडेलले बताए । उनीहरु भागेको आधा घण्टापछि मात्र प्रहरीले थाहा पाएको थियो । प्रहरी सहायक निरीक्षकको कमाण्डमा १९ प्रहरीले कारागार सुरक्षा गर्दै आएको छ ।

No comments:

Post a Comment