नेपाली समाचार ,Nepal Flag

Wednesday, May 29, 2013

चिम्पान्जी र ६ वर्षीय बालिका बीच प्रेमलाप, फोटो हेर्नुहोस् Posted by Ravi on May 29th, 2013

बच्चाहरू साथीहरू संग खेल्न पाए भने निकै खुसी हुन्छन् । तर, ६ वर्षिय बालिका इमिली ब्लाड भने मानिस साथी भन्दा चिम्पान्जीसँग बढी रमाउँछिन् । उनी करिब २ वर्षको हुँदा देखी एक चिम्पान्जीसँग रमाउने, खेल्ने, खाने गर्दै आएकी छिन् । ६ वर्षीय इमिलीले विगत चार वर्ष देखी एक चिम्पान्जीको साथित्व पाएकी छिन् भने चिम्पान्जीले पनि साथी अझ त्यो भन्दा पनि प्रेमीका पाएकोमा निकै खुसी देखिएको छ । यी दुईको चर्तिकला हेर्दा लाग्छ यी कुनै प्रेम जोडी हुन्, बालिका इमिलि प्रेमिका र चिम्पान्जी रिसी प्रेमी ।
तर, अब भने ती बालिका इमिलीलाई उक्त चिम्पान्जीबाट छुट्टाउने प्रयत्न गरिएको छ । उक्त चिम्पान्जी निकै ठुलो भएको र बालिकाका लागी हानिकारक हुन सक्ने भन्दै यी दुईलाई छुट्टयाउन खोजीएको हो । तर, यो निर्णय पूरा गर्नु निकै कठिन काम भएको समेत यी दुईको प्रेमले देखाइसकेको छ । हरेक क्षण साथमा नै रहेर एक-अर्कालाई खुसी राख्ने प्रयत्नमा देखिनुले यी दुईको माया निकै गाढा भइसकेको र सहजै छूट्टाउन नसकिने समेत बालिका इमिलीका बाबु तथा फोटोग्राफर ब्यारी ठान्दछन् ।
करिब १८ महिनापछी चिम्पान्जीको तौल अहिलेको भन्दा दुगुना हुने भन्दै अब पनि चिम्पान्जीलाई साथमा राख्न नसकिने उनका बाबुले जनाएका छन् । विगत ४ वर्षदेखी सँगै बस्दै आएका यी दुई सधै सँगै हुने हुनाले पनि यी दुईलाई छुटाउन निकै कठिन हुने देखीन्छ । यी दुईको प्रेमले पनि यीनीहरुलाई छूट्टयाउन निकै सकस खेप्ने छ ।
इमिलिका बाबुले उक्त चिम्पान्जीसँग छोरीको प्रेम अर्थात् मित्रता करिब ४ वर्ष पुरानो भएको बताएका छन् । उनले आफूले चिम्पान्जीसँगको इमिलिको पहिलो दिनदेखी नै हेर्दै आएको र उनीहरु एक अर्कामा निकै लिन रहेको आफूले पाएको बताएका छन् । उनले आफ्नी छोरी र चिम्पान्जीको विगत चार वर्षअघी देखिको क्रियाकलापलाई निकै नजिकबाट तस्विरमा उतारेका छन् ।
girl-chimpangee-aankha3
girl-chimpangee-aankha6
girl-chimpangee-aankha5
girl-chimpangee-aankha4
girl-chimpangee-aankha2
girl-chimpangee-aankha1

No comments:

Post a Comment