नेपाली समाचार ,Nepal Flag

Wednesday, May 8, 2013

देश र चारदलका नेता मरेको बेला सेतो लुगा लगाएर श्राद्ध गर्नुपर्ने हो, आउनुस् कालो लगाएर क्रमभंग गरौं-- ▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇▇ ▇▇▇▇▇ !

यसरी फेसबुक अनि ट्वीटरका भित्ताहरुमा कालो रङ्ग पोतिएको भेटिन्छ । सडकमा मात्र होइन, सामाजिक संजालमा जताततै यसरी बिरोधका आवाज हरु गुन्जिरहेका छन् ।
आज नेपाली जनताले फेरी शिर निहुराउनु परेको छ । हजारौँ नेपाली जनताको बलिदान पानीमा खेर गएको छ । लाखौँ जनता सडकमा उत्रिएर ल्याएको परिवर्तनको कुनै अर्थ रहेन, जसले आन्दोलन दबाउन भरपुर लागिपरेको थियो । उसैको जित भयो ।
हो, आज फेरी जनताको आवाज दविएको छ, तत्कालीन अवस्थामा शाही शासनले माघ १९ गते गरेको कू फेरी दोहोरिएको छ । जनआन्दोलन ६२/६३ सफल पार्न ठुलो भूमिका खेलेका नागरिक अगुवाहरु प्रहरीको खोरमा छन् । यहाँ रातारात सम्झौता परिवर्तन गरियो, निर्दलीय सरकारले जनताको जनभावना विपरीत कार्य गरी नेपाली इतिहासमा फेरी एकपटक माघ १९ दोहोराएको छ । भ्रष्ट्रचारी अनि जनआन्दोलनका दोषी लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुवा) को प्रमुखमा नियुक्त गरी लोकतन्त्रको उपलब्धिलाई फेरी पतन गराउने अर्को षड्यन्त्र रचिएको छ । जसले हिजोका राष्ट्रघाती मण्डलेलाई सक्रिय हुन प्रेरणाको श्रोत बनेको छ ।

आफूलाई लोकतन्त्रको सच्चा पहरेदार ठान्ने राष्ट्रपति डा. रामवरण यादवले पनि जनतालाई विश्वासघात गरे । संधै सहमतिमा मात्र नयाँ कदम चाल्ने राष्ट्रपतिको आजको कदमले देशमा राजा सक्रिय भएको सहजै अनुमान गर्न सकिन्छ । हुनत कार्कीलाई शीर्ष ४ दलले नै सिफारिस गरेका हुन्, विरोध हुन थालेपछि उनीहरू पानीमाथिको ओभानो हुन खोजिरहेका छन् ।

आज जनताको हातमा हैन, विदेशी प्रभु, अनि भ्रष्ट्रहरुको हातमा सत्ता छ । यो मेरोमात्र होइन, सारा जनताको बुझाई हो । फेसबुक ट्वीटर लगायत, सामाजिक सञ्जालमा काकीको विरोधमा सबैले बिलौना गरिरहेका छन् । नेपाली भनी गर्व गर्ने हामी सबै राष्ट्रबादी जनताले भोलिपल्ट बिहान कसको जयजयकार गाउनुपर्ने हो त्यो थाहै नहुने भयो । अब यसरीनै देस चल्दै जाने हो भने चाडैनै गडतन्त्रका हिमायतीहरु भनने दलका नारा गयानेन्द्रलाई श्रीपेच लगाइ गडतन्त्रकओ सस्थापन गरौ भन्ने हुनेछ |

No comments:

Post a Comment