नेपाली समाचार ,Nepal Flag

Monday, May 27, 2013

हुम्लाको सिमकोटमा गोमा एयरको विमान दुर्घट्ना

हुम्ला , जेष्ठ १३ - हुम्लाको सिमकोट विमानस्थलमा गोमा एयरको विमान
सोमबार बिहान दुर्घट्ना भएको छ । दुर्घट्नामा कुनै मानवीय क्षति भएको छैन
। विमानलाई क्षति पुगेको छ । विमानमा ९ जना यात्रु थिए ।
नेपालगंजबाट यात्रु र सामान लिएर उडेको ९ एनएजेयू कल साइन भएको बिमान
बिहान १० बजेर ३५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्न लाग्दा विमानको
पछाडि दायाँपट्टीको चक्का पड्‍‍किएकाले दुर्घट्ना भएको हो । टायर
पड्किएपछि विमान विमानस्थलकै पश्चिमपट्टकिो नालामा पुगेको थियो ।
पड्किएको चक्काको भाग नालामा धसिएको छ । अगाडिको चक्का पनि जमिनमा धसिएको
छ भने पखेटा बाँगिएको छ । विमान चालक रबीन्द्रबहादुर रोकाया र सहचालक
रिती गिरीले उडाएका हुन्

No comments:

Post a Comment