नेपाली समाचार ,Nepal Flag

Tuesday, May 21, 2013

अमेरिकामा आँधीले मच्चाएको उत्पात ,९१ को मृत्यु (फोटो फिचरसहित)

७ जेठ, काठमाडौं । अमेरिकामा ओक्लाहोमा शहरमा टोरेन्टो नामक आँधीले् उत्पात मच्चाएको छ । अहिलेसम्म कम्तिमा ९१ जनाको मृत्यु भएको छ । जसमा २० भन्दा बढी बालबालिका छन् । आँधीका कारण थुप्रै विद्यालय र घर भत्किएका छन् ।
३ सय २० किलोमिटर प्रतिघण्टाको दरले चलेको आँधीले सबैभन्दा बढी मूरे उपनगर प्रभावित भएको छ, जहाँ घर र विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । घाइतेहरुलाई उद्दार गरि अस्पताल भर्ना गरिएको छ । जसमा ७० भन्दा बढी बच्चा छन् ।
tornado-10सोमबारबाट आएको आँधीका कारण ५५ हजार मानिस प्रभावित भएका छन् । तिब्र गतिमा चलेको हावाका कारण २ स्कुल क्षतिग्रस्त भएको छ भने थुप्रै बाबालिका हराएका छन् । ओक्लाहोमाका गर्भनर मेरी फेलीनले यस दिनलाई दर्दनाक दिन भन्नु भएको छ । राष्ट्रपति बाराक ओबामाले ओक्लाहोमामा विपत्तको घोषणा गर्दै खोजी र उद्दारमा सक्रियतापूर्वक लाग्न संघीय सरकारलाई निर्देशन दिनु भएको छ ।
tornadotornado-1tornado-2tornado-3tornado-4tornado-5tornado-6tornado-7tornado-8tornado-9

No comments:

Post a Comment