नेपाली समाचार ,Nepal Flag

Saturday, May 11, 2013

संसारको सबैभन्दा सानो किताब,,जुन सुईको प्वाल बराबर छ ।

हामी दिनहु धेरैजसो किताबहरु पढ्ने गर्छौ । कुनै किताब पालतो हुन्छ भने कुनै यति मोटो र ठूलो हुन्छ कि देख्नै बित्तिकै सात्तो नै उड्छ र हामी भन्छौ कि यति मोटो किताब कहिले पढेर भ्याउने ? तर कुनै यस्तो किताब पनि छ जसको अक्षरहरु तपाईको चस्माको पावरले पनि भेट्न सक्दैन । हजुर जापानमा संसारकै सबैभन्दा सानो किताकको निर्माण गरिएको छ । सो किताबको निर्माताले यस किताबलाई गिनीज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने प्रयासमा रहेका छन् ।

जापानको मोसमी फूलहरुको जानकारी दिने सो कितावको पाना यति सानो छ कि नाङ्गो आखाले त देख्न असम्भव नै छ यदी चश्मा लगाएपनि पढ्न अलि कठिनाइ नै हुन्छ । किताब यति सानो छ कि सुइको प्वालबाट पनि किताबलाई निकाल्न सकिन्छ । संसारको सबैभन्दा सानो किताबको नाम सिखी नो कुसाबाना हो । यो किताको पान्नाको लम्बाइ शुज्य दशमलव ७५ मिलिमिटर ( ०.३ इन्च ) छ भने २२ वटा पान्ना रहेको छ । साथमा फूलहरुको नाम र फोटो पनि छापिएको छ । किताबको साथमा यसलाई पढ्नको लागि मेग्नीफाइंग ग्लास पनि मिल्ने गर्छ ।

जापानमा १६६४ बाट माइक्रो बुक्स बनाइरहेको टोपेन प्रिंटिगका अधिकारी अनुसार किताबको पानामा छापिएको अक्षरहरु शुन्य दशमलव एक मिलिमीटरको छ । सो अक्षर मुद्रा छपाइको क्रममा प्रयोग हुने टेक्नोलोजीको मद्दतबाट छापिएको हो । किताबलाई टोक्योमा टोपेन प्रिंटिगको संग्रालयमा राखिएको छ । प्रदर्शनका साथ साथै किताबलाई बिक्रि गर्नको लागि पनि तयार भएको छ । यसलाई मेग्नीफाइंस ग्लास र ठूलो कापीसंग २०५ डलरमा किन्न सकिन्छ । हाल भने संसारको सबैभन्दा सानो किताबको रेकर्ड रुसको किताब कैमलिन को नाम दर्ता रहेको छ ।

No comments:

Post a Comment