नेपाली समाचार ,Nepal Flag

Thursday, May 9, 2013

ल है अब आयो, हावामा उड्ने कार (फोटोफिचर सहित)



आज हर कोही ट्राफिक जामबाट वाक्क र दिक्क भएका छन् । कतै बाहिर जाउ भनी निस्कियो यो ट्राफिक जामले नै तनाव दिन्छ । तर अब चिन्ता लिनु पर्दैन, किनकी यस्ता समस्याबाट निकाल्नको लागि बैज्ञानिकले हावामा उड्ने कारको निर्माण गरेका छन् । यो कार सडकमा गुड्नुको साथ साथै हावामा पनि उड्ने गर्छ ।

जसबाट तपाई ट्राफिक जाममा फस्नुको साटो हावमा उडेर अफिस या घर पुग्न सक्नु हुन्छ । कार चलाउनु भएको छ र ट्राफिक जाममा फस्नु भयो भने तपाईले कारको फ्लाइंग बटन दबाउनु पर्ने हुन्छ । त्यसपछि त सरसरर केही मिनेटमा नै आफ्नो लक्ष्यमा पुग्न सक्नु हुन्छ ।
अबको ८ देखि १० वर्ष भित्र यो कार तपाईले सडकमा गुडेको या त हावामा उडेको देख्न सक्नुहुन्छ । एक अमेरिकी इन्जिनियरिंग कम्पनी टेराफुगियाले चार सिट भएको सो फ्लाइंग कारको निर्माण गरेका हुन् ।

यो कारलाई चलाउनका लागि तपाईलाई कुनै पाइलट या लाइसेन्सको आवश्यक पर्दैन । न्यूयोर्क डेली न्युजको रिपोर्ट अनुसार कारको फ्लाइंग रेन्ज ८०५ किमी छ । बैज्ञानिकका अनुसार कारलाई चलाउन निकै सजिलो हुने र पाँच घण्टा भित्र चलाउन सिक्न सक्ने दाबी रहेको छ ।
कारलाई कार्बन फाइबरबाट तयार गरिएको छ । जसको कारणले यसको तौल निकै हलुका रहेको छ । त्यसैले अब चढ्ने हैन त हावामा उड्ने कार सरसरसररररररररररररररररर ।

                                                                        BRUSSEL NEPAL

No comments:

Post a Comment