नेपाली समाचार ,Nepal Flag

Monday, May 27, 2013

यो हो गुड्ने ट्वाईलेट, यस्तो छ स्वरुप (फोटोफिचर, भिडियोसहित)

 तपाईंले अहिलेसम्म कस्तो–कस्तो ट्वाईलेट देख्नुभएको छ ? तर, पक्कै पनि यस्तो ट्वाईलेट भने सायदै देख्नुभएको होला, जुन गुड्न पनि सक्छ ।
३३ वर्षीय कोलिन फुर्ज नामक व्यक्तिले एक यस्तै ट्वाईलेट तयार गरेका छन् । कोलिनले ४ साताको कठोर मिहिनेतपछि यस्तो ट्वाईलेट निर्माण गरेका अन्र्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।
भिडियो
देख्नमा यो ट्वाईलेट अन्य साधारण ट्वाईलेट जस्तै देखिन्छ । तर, जब यो गुड्न थाल्छ, तब यसको विशेषता पत्ता लाग्छ । पेट्रोलबाट चल्ने यो ट्वाईलेटमा १ सय ४० सीसीको इन्जिन लगाइएको छ ।
यो ट्वाईलेट ५५ मिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने जनाइएको छ । यद्यपी गुड्नेवाला यो विश्वको पहिलो ट्वाईलेट भने होइन । यसअघि ईटालीका एक व्यक्तिले पनि ४२ दशमलव २५ मिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने ट्वाईलेट तयार गरेका थिए ।
अहिलेको नविनतम ट्वाईलेटलाई भने विश्वकै तीब्र गतिमा गुड्ने सक्ने ट्वाईलेट भएको दाबी गरिएको छ । –एजेन्सीको सहयोगमा

No comments:

Post a Comment