नेपाली समाचार ,Nepal Flag

Sunday, May 5, 2013

कहाँ पुग्यो सय रुपैंयाको नोटमा ‘बुद्ध लुम्बिनीमा जन्मेको’ लेख्ने कुरा ?

आजभन्दा ठिक १३ महिना अगाडि अर्थात् २०६८ चैत्र २३ बिहीवार मन्त्री परिषद्ले एउटा निणर्य गरेको थियो, नेपाली सयको नोटमा ल्याउने परिवर्तनको बारे । त्यो हाम्रो राष्ट्रियता तथा गौरवको विषयसँग जोडिएको निणर्य थियो । अहिले हामीले प्रयोग गरिरहेको १०० को नोटको अगाडिको भागमा भक्तपुरको न्यातपोलको मन्दिर छ । त्यसदिन बसेको मन्त्रीपरिषद्को निणर्यले त्यो ठाउँमा लुम्बिनीको र अशोक स्तम्भको फोटो राख्ने निणर्य गरेको थियो । त्यो दिनको सात नम्बरको निणर्यमा अर्थमन्त्रालयलाई १०० को नोटको डिजाइन परिवर्तन गर्न लगाउने लेखिएको छ । सो निणर्य भएको ६ महिनाभित्र सयको नोटमा परिवर्तन आउनुपर्ने हुन्थ्यो । तर, एक वर्षभन्दा पनि बढी भइसकेको छ । के तपाईंले सयको नोटमा बुद्ध लुम्बिनीमा जन्मिएको लेखेको भेट्नुभएको छ ?100new
मन्त्रीपरिषद्ले पास गरेको नयाँ डिजाइनमा ‘Lumbini: The Birthplace of Lord Buddha’ भनी अंग्रेजीमा पनि लेखिने कुरा थियो । त्यस्तै, नोटको नम्बर नजिकैको तारादेवीको मूर्तिलाई परिवर्तन गरेर सिद्धार्थ गौतमकी आमा मायादेवीको मूर्ति राखिने कुरा थियो ।
नेपालमा गणतन्त्र आएपछि हाम्रो चलनचल्तीमा रहेका नोटको संसोधन वा परिवर्तन यो दोस्रो पटकको थियो । तर, अहिलेसम्म खै त नोटमा परिवर्तन आएको ? यो परिवर्तनको निणर्यभन्दा अगाडि राजाको फोटो हटाइएको थियो । अहिले पनि भारतले बेलाबेलामा बुद्ध नेपालमा होइन, भारतमा जन्मेको हो भनेर भ्रम फैलाइरहेको हुन्छ । यस्तो समयमा गर्न लागिएको यो परिवर्तन पक्कै पनि स्वागतयोग्य थियो । तर, ६ महिना अगाडि नै बजारमा आइसक्नुपर्ने नयाँ नोट किन आएन ? बरु राजाका फोटो भएको नोट अब नचल्ने भनेपनि फाट्फुट्ट कहिलेकांही त्यस्ता नोट देखापर्छन् । हुन त त्यतिबेला मन्त्रीपरिषद्ले नै निणर्य गरेका धेरै काम अझै भइसकेका छैनन् । तिमध्ये एक त रिपब्लिक टावर बनाउने कुरा पनि हो । रिपब्लिक टावरमा त ठूलै गोलचक्कर भएको थियो । प्रचण्डको पालमा नारायणहिटीमा बनाउने भनिएको टावर माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रत्नपार्क सरेको थियो । पछि त्यहाँबाट पनि दुइचार अरु ठाउँ सरेको थियो । अन्तिममा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा किर्तिपुरमा बनाउने भनिएको रिपब्लिक टावरको ख्वै आजसम्म कुनै अत्तोपत्तो छैन । किर्तिपुरमा बाबुराम भट्टराईले शिलन्यास गरेको पनि एक वर्ष भइसकेको छ । तर, यो नोटमा हुने गरिने भनेको परिवर्तनलाई यति लामो समय लाग्नु नपर्ने हो । तपाईंलाई गर्ने भनिएको यो परिवर्तन चित्तबुझ्दो लागेको छ कि छैन ? छ भने यो कुरा उठाएर अब जिम्मेवार निकायलाई किन नतताउने ?

No comments:

Post a Comment