झरीको मौमससँगै मोबाइल तथा ट्याब्लेट बोक्नेहरु सावधान बन्नुपर्छ। ग्याजेट
जोगाउनका लागि। काठमाडौंको झरी पनि अचम्मकै छ कुनै क्षेत्रमा पानी परिरहेको
हुन्छ त कतै घाम। घरबाहिर निस्कँदा वर्षादी लिन बिर्सेको खण्डमा भिजेर
कपडामात्र होइन फोन पनि काम नलाग्ने हुन्छ। झरीको मौसममा फोन तथा ट्याब्लेट
जस्ता ग्याजेटलाई जोगाउन धेरै नै सावधान हुनुपर्छ। सँधै सावधानीले काम
गर्दैन। त्यसैले त झरीको समयमा ग्याजेटस्लाई जोगाउनका लागि तीनलाई लगाइ
दिने स्मार्ट कण्डमको उत्पादन भएको छ। अनलाइन सपिङ साइट फायर बक्सले झरी र
पानीबाट ग्याजेटलाई जोगाउनका लागि ‘स्मार्ट स्क्रिन कण्डम’ बिक्रिका लागि
राखेको हो। पातलो प्लास्टिकबाट बनेको यो कण्डमा मोबाइल वा ट्याब्लेटमा
लगाएपछि ग्याजेटमा पानी पस्दैन भने टचस्क्रिन नलगाउँदा जसरी नै चलाउन
सकिन्छ। विशेष गरेर यो उत्पादन सामन्द्री किनारामा रमाइलो गर्ने तथा जल
मनोरञ्जन गर्नेका लागि लक्षित गरेर तयार पारिएको हो।
यसखालको
कण्डम आइफोन फोर, फो एस, फाइभ साथै सामसुङ ग्यालेक्सी एस थ्रीका लागि
उपलब्ध भइसकेको छ। अन्य स्मार्टफोनका लागि पनि छिटै यसखालको कण्डमा उपलब्ध
हुनेछ। साथै आप्याड दुई, तीन र चारका लागि पनि यो उपलब्ध भइसकेको छ।
स्मार्टफोनका लागि उपलब्ध कण्डमको मूल्य १२ र ट्याब्लेटका लागि १८ पाउण्ड
रहेको छ। यो कण्डमको प्याकेटमा तीनवटा मोबाइल कभर हुन्छन्। http://doorsanchar.com

No comments:
Post a Comment