नेपाली समाचार ,Nepal Flag

Wednesday, May 29, 2013

ब्यक्तित्व

सबैका आ-आफ्नै पारा हुन्छन । आ-आफ्नै व्यबहार हुन्छन । आ-आफ्नै सुर्ता र ध्याउन्न हुन्छन । कुनै ब्यक्ती एक पटक भेटेको या सामान्य बोलाई मा उसको वास्तविकता थाहा हुँदैन । त्यसैले यहाँ वास्तविकता प्रस्तुत गर्न खोजेको पनि हैन । ब्यक्ती तोकेरै भनिएपनी सिरियस रुपमा नलीइयोस भन्ने बिनम्र अनुरोध गरिन्छ ।
केही समय अघी देखी म ट्विटर् नामक 'उत्तर आधुनिक सामाजिक' सन्जाल ट्विटर् प्रयोग गर्न थालेँ । मेरो सर्कल एक्दमै सानो छ । त्यसैले सानो सर्कलका केही ट्विटेहरुको गुण यहाँ पस्कन मन लाग्यो ।
नाम हरु क्रम मिलाएर लेखिएको छैन । जो -जो मनमा आयो उसैको बारेमा हल्का बर्णन गर्ने जमर्को गरिएको छ । गार्हो पिरो औसर माफ ।
आकार अनिल : उहाँलाई आजभोलि गुगल अनिल पनि भन्ने गरिन्छ । ट्विटरमा भर्चुल वर्ल्डको विद्वानको रुपमा प्रस्तुत       हुनुन्छ । उहाँको बिशेषता भनेको आफुले नदेखेको या नभोगेको बस्तुको अस्तित्व स्विकार्नुहुन्न ।
अनन्त कोइराला : शरीरमा मासुको अस्तित्व जोगाइराख्नको लागि अनबरत रुपमा संघर्षशिल ब्यक्तित्व हुनुन्छ । बजारमा सुनिएको हल्ला अनुसार उहाँलाई उपत्यकाका मेडिकल कलेजहरुले आफ्ना विद्यार्थी हरुलाई पढाउँदा अस्थिपन्जर प्रणाली को डेमोको लागि भाडामा प्रयोग गर्ने गर्दछन ।
कुलरिम्स : उहाँलाई तिघ्रा बिशेषज्ञ को रुपमा सबैले चिनेपनि उहाँ अद्वितिय प्रतिभाको धनी ब्यक्तित्व हुनुन्छ । बिशेष रुपमा उहाँलाई जननीयन्द्रिय प्रेमी को रुपमा चिनिन्छ । कुनै बिषयमा एक ट्विट् कसैले गर्‍यो भने त्यस्लाई लम्बाइ चौडाइ गरेर दिन्भर एकोहोरो ट्विट् गर्ने सामर्थ्य राख्नुहुन्छ । श्रोतका अनुसार उहाँले नजानेको कुरो केही छैन रे ।
हरी न्यौपाने : उहाँले शुभाषिस् नदेका ब्यक्ती ट्विटर् मा भेट्न गार्हो छ रे ।बिश्वस्त श्रोतका अनुसार उहाँले हालसाल शुभाशिषको नयाँ भर्षन सुरु गर्न लाग्नु भएको छ रे । हरेक शुभषिशको अगाडि 'फुली' उपहार । दिनमा कम्तिमा २५ थान जती शुभषिश नदिए सम्म उहाँलाई खाना रुच्दैन रे । दुनियाँको फ्री बिज्ञापनको भर पर्दो माध्यम बनेकोले कसै कसैले उहाँलाई रत्नपार्कको भित्तो पनि भन्ने गर्छन् ।
सन्जीव: कुनै बिबादित या बिबाद हुन सक्ने 'कन्ट्रोभर्सी" टाइप ट्विट् सुरु गरेर दुनियाँ लडाएर तमासा हेर्न माहिर ब्यक्तित्व । आफु पर्दा पछाडि बसेर अगाडि मन्चमा तमासा मच्च्याइदिन सक्ने मान्छे भनेर चिनिन्छ । हनुमानको पुच्छरमा आगो लाइदेर लंका पठाउने मान्छे उहाँ नै हो भन्ने किस्सा पनि बजारमा सुनिन्छ ।
साँहिलादाइ : गब्बर सिङको प्यासा आत्मा घुसेको मान्छे भनेर चिनिन्छ । आद्मी को गिन्ती मा बिशेष दक्खल राख्नु हुन्छ ।
नेपालडाएरी : देशका होनहार युबा ब्लककार भनेर चिनिन्छ । उहाँले बाटोमा हिँड्ने मान्छेले यसो घुरेर हेर्यो भने सिधै 'ब्लक गर्दिम?' भन्नुहुन्छ भन्ने हल्ला बजार भरी छ ।
बाबाजी: नाम बाबाजी भए पनि उहाँ खाँटी ॠषिमुनी हुनुन्छ । उहाँलाई नजिक बाट चिन्नेले दुर्बासा ॠषि भनेर चिन्ने गर्दछन । उहाँको रिस टुप्पिमा छ त्यसैले कपाल हमेसा लामो रहन्छ भन्ने युक्ती छ ।
नारायण अमृत : उहाँलाई प्यासा साहित्यकार भनेर चिनिन्छ । उहाँले गाली गर्दा पनि कबितामै गाली गर्नुन्छ भने सुत्दा पनि कबिता नै ओढेर सुत्नु हुन्छ ।
लेनिन बन्जाडे : उहाँलाई मौका छोपुवा ट्विटे भनेर पनि चिनिन्छ । बजारको माहोल हेरेर सान्त्वना बटुल्ने खाले ट्विट् गर्न रुचाउनु हुन्छ ।
गौरव : उहाँ सिजनल ट्विटे हुनुन्छ । कसै कसैले कुम्भकर्ण ट्विटे भनेर पनि चिन्दछन । उहाँले छ महिना लगातार ट्विटरमा बिताउनु हुन्छ भने छ महिना गुप्तबास बस्नुहुन्छ ।
समीरमणी दिक्षित : नासाले रकेट प्रक्षेपण गर्नु भन्दा अगाडि उहाँ सँग अन्तरिक्षको मौसम बारे जानकारी लिएर मात्र निर्णय गर्ने गर्दछ । उहाँ खाटमा सुतेर खाटमुनीको मौसम बताउन सक्ने अद्भुत मौषमबिद हुनुन्छ । बजारमा सुनिने हल्ला अनुसार उहाँले एउटा आँखाले मात्र हेरेर पनि मौषम पुर्बानुमान् गर्न सक्नुहुन्छ ।
जनक राजा : उहाँ हाइ टेम्पर धारी ट्विटे अन्तर्गत पर्नुहुन्छ । उहाँको काम भनेको नेतालाई गाली गर्नु नै प्रमुख हो। आफुलाई मन नपरेको हरेक अकाउन्ट स्पाम गर्दिने उहाँको मुख्य उदेश्य हो। ट्विटर् हेड्क्वाटरका अनुसार स्पाम रिपोर्टमा आउने ७५% भन्दा बढी अकाउन्ट जनकराजाले गरेको स्पाम रिपोर्ट हुन्छन रे ।
बरुण कम्पनी : संसारमा कतै प्रयोग नहुने सामानको उत्पादन गर्दछ उहाँको कम्पनिले । चाहिने कुरा कहिल्ले नगर्ने हुनाले उहाँलाई ट्विटरको गलगाँड भनेर पनि चिनिन्छ ।
निरज: उहाँ बर्षमा दुई पटक डिपि परिवर्तन गर्नुन्छ । यस्को मत्लब उहाँले बर्षमा दुई पटक दारी काट्नुहुन्छ । एउटा दारी सहीतको जुलुङ्गो जस्तो डिपि र अर्को दारी काटेको चुसिएको चिउरिको खोस्टा जस्तो डिपि राख्नु नै उहाँको ट्विटर् उदेश्य हो भन्ने हल्ला बजारमा जताततै सुनिने गर्दछ ।
भुपाल आर. राउत : हावा छेक्न मा माहिर ब्यक्तित्व हुनुन्छ । नेपाल उर्जा सँस्थानले उहाँको टाउकोमा पंखा जोडेर विन्ड इनर्जीको लागि प्रयास गर्दै छ ।
पागलबस्ती: आफ्नो तालु र ट्विट् बिचमा समान्जस्यता कायम राख्नको लागि प्राय खाली ट्विट् गर्नुन्छ । बजारमा चलेको हल्ला अनुसार ट्विटरमा को नयाँ छिर्यो, कस्ले नयाँ फेक अकाउन्ट बनायो आदीको लेखाजोखा राख्ने ट्विट् चित्रगुप्त भनेर पनि उहाँलाई चिन्ने गर्दछन ।
अझै धेरै मित्रहरु छुट्नुभएको छ । छुटेका मित्रहरुको ब्यापक अनुसन्धान पछी उहाँहरुको बारेमा पनि पछी अप्डेट हुन सक्ने छ ।                                                                                            

(मोबाइल ब्लग)

No comments:

Post a Comment