नेपाली समाचार ,Nepal Flag

Monday, May 6, 2013

भारत डरायो चिन संग कब्जा जमिन चिन कै

भारत  २४ वैशाख,। गत जुन १५ देखि भारतको दौलत बेग ओल्डी क्षेत्रा कब्जा जमाएर बसेको चिनियाँ फर्कन तयार भएको भारतले बताएको थियो। चौथो पटकको फ्ल्याग मिटिङ सफल भएपछि चिनियाँ सेना फर्कन भएको समाचार भारतिय मिडियाहरु प्रकाशित भएको थियो।
 
चीनले यो विषयमा खुलेर केही नबाएपनि एकाएक चिनियाँ सेना किन पछि हट्यो भन्ने विषयमा चासोहरु कायम थिए।
 
हाल आएर चिनियाँ सेना हटाउन भारतले सम्झौता गरेको हुन सक्ने आशंका भारतमै गर्न थालिएको छ ।
 
केही भारतिय मिडियाहरुले जनाए अनुसार चीन दौलत बेग ओल्डीबाट सेना फर्काउन तयार थिएन्। १९ किलोमटर भित्र छिरेर बसेको चिनियाँ सेनाले ५ वटा टेन्ट खडा गरेर बसेको थियो। अत्याधुनि हतियारले लैस चिनियाँ सेना मानव रहित हेलिकप्टरले रेकी गरेर भारत छिरेको बताइएको थियो।
 
चीनले सेना फर्काउन नमानेपछि भारत र चीनबिच 'लेनदेन' भएको व्यापक आशंका गरिएको छ। स्रोतका अनुसार भारत चुमार पोष्टबाट हट्न मानेपछी मात्र चीनले सेना फर्काएको थियो।
चुमार पोस्ट भारतको क्षेत्र रहँदै आएको थियो।
 
 
जम्मु कश्मिरका मुख्यमन्त्री उमर अबदुल्लाले पनि यसका बारेमा भारत सरकारसंग सफाइ मागेका छन्। भारतिय सेना भने चुमार पोष्टबाट भारतिय सैनिक पछि हेटेको कुरालाइ इन्कार गरेको छ।
 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले सिमा विवादका विषयमा सकारात्मक हल निकालेको बताएका छन। उनले आउँदा दिनहरुमा पनि यस्ता विवादको शान्तिपुर्ण र सर्वमान्य हल निकाल्न तयार रहेको भन्दै चपाइएको भाषा बोलेपछी भारतले चीनसंग केही न केही सम्झौता गरेको आशंकाकाई थप बल मिलेको हो । उनले सहमतिको विस्तृत विवरण दिन भने मानेनन् ।

No comments:

Post a Comment