नेपाली समाचार ,Nepal Flag

Thursday, May 23, 2013

७९ नेपाली मोष्ट वान्टेड सूचिमा

काठमाडौं,जेठ १० । विश्वका विभिन्न देशमा गम्भीर किसिमका अपराध गरेर भाग्ने नेपालीको संख्या बढिरहेको छ । अदालतले समेत दाषीठहर गरी रेडकर्नर सूचीमा पर्ने नेपालीको संख्या दुई वर्षमा दोब्बदर भएर ७९ पुगेको आजको नयाँपत्रिकामा खबर छ ।
विश्व अपराध प्रहरी संगठन (इन्टरपोल)ले ७९ जना नेपालीलाई मोष्टवान्टेड सूचीमा राखी खोजी गरिरहेको छ । दुई वर्षअघि करिब ४० जना नेपाली रेडकर्नरमा भएकाले हाल त्यो संख्या दोब्बर पुगेको छ । खासगरि भारत र खाडी देशका नेपाली रेडकर्नर नोटीसमा परेका छन् । भारतमा २५, कतारमा २०, युएईमा १४, नेपालमा ११, साउदी अरबमा ३ अमेरीकामा ३, इटाली, बेलारुस र बहराइनमा एक एक जना नेपाली मोष्ट वान्टेड सूचीमा परेका छन् ।      xpress khaber.

No comments:

Post a Comment