नेपाली समाचार ,Nepal Flag

Monday, May 6, 2013

ऋषि धमलाले झ्याई पारे, पत्नि एलिजा मिस नेपाल भन्दा कम छैनन (फोटो फिचर)

३ बैशाख, काठमाडौं ।
रिपोटर्स क्वलका अध्यक्ष ऋषि धमलाले सोमवार बिहे गरेका छन । ३ महिना अघि नै बिहेको मिति पक्का भएपनि पारिवारीक कारण सर्न गएको धमलाको बिवाह एलिजा गौतमसँग आज भएको हो ।

स्वयं ऋषि धमला समेतले पुर्व मिस नेपालसँग विहे हुने भन्दै विभिन्न ठाउँमा भन्दै हिंडेका मात्र थिएनन काठमाडौं पाँचतारे होटलमा कयौं पटक भेटगरेर बिहेको वार्ता समेत अघि वढाएका थिए । तर अफसोच मन्त्री र वरिष्ठ ब्यक्तिहरु अगाडी संधै क्यामरामा देखिन मरिहत्ते गर्ने धमलाले आफुलाई समय दिन नसक्ने भन्दै ति पूर्व मिस नेपालले धमलासँगको सम्वन्ध केही समयमै ढिसमिस पारिन ।

एलिजा गौतम संचार क्षेत्रमा बिकेको अनुहार ऋषि धमलाको सामुन्ने गुमनाम हो तर पुर्व मिस नेपाल ताकेर झण्डै तिन वर्ष खेर फालेका धमलाई ति पूर्व मिस नेपाल भन्दा कम सुन्दरी बिहे गरेका भने रहेनछन् । जसलाई धमलाकी पत्नी बन्नुभएकी एलिजाको फेसबुकबाट साभार गरिएका यी तस्विरहरुले पुष्टि गर्दछ ।

जे होस् बधाइ ऋषि धमला र एलिजाको बैवाहिक दाम्पत्य जिवनको । तर ऋषि दाइ ध्यान दिनुहोला है पहिला जस्तै रातो दिन नेता र मन्त्रीका घरमै धाउने र मोवाइलमै माझ झुण्डि रहने हो भने यो सुखद जिवनको सुरुवात जिवनभर सुखद नहुन सक्छ । सुझाव सहित फेरी पनि बैवाहिक जिवनको शुभकामना ऋषि धमला र एलिजा गौतमलाई ।






topnepalnews.com

No comments:

Post a Comment