नेपाली समाचार ,Nepal Flag

Tuesday, May 7, 2013

एक सय ११ वर्षको उमेरमा नागरिकता

नुवाकोट, २४ वैशाख । जिल्ला प्रशासन कार्यालयले ग्रामीण भेगका जनतालाई घरदैलामै पुगेर सबैखाले सरकारी सेवा दिन सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरबाट जिल्लाकै संभवतः ज्येष्ठ नागरिकले नागरिकता प्रमाणपत्र लिएकी छिन् ।
रानीपौवा केन्द्रबाट थानसिङ –८ की एक सय ११ वर्षीया बाटुली लामिछानेलाई सोमबार नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले जानकारी दिनुभयो । सदरमुकाम आएर अहिलेसम्म नागरिकता बनाउन कसैले नभनेको बताउने लामिछानेलाई घुम्ती सेवा सञ्चालन भएपछि नागरिकता बनाउन छिमेकीले केन्द्रसम्म पु¥याएका थिए ।
जिल्लाका दर्जनभन्दा बढी सरकारी कार्यालयले घुम्ती सेवाबाट जिल्लाका चार केन्द्रबाट सेवा दिइरहेका छन् । यही वैशाख २२ गतेदेखि समुद्रटार, लिखु, सातदोबाटो र रानीपौवामा  केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।
अहिलेसम्म शिविरबाट एक हजार एक सय २२ जनाले नागरिकता प्रमाणपत्र लिएको तथा एक हजार २८ जनाको नाम तस्बिरसहितको मतदाता नामावलीमा समावेश भएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । एकीकृत घुम्ती सेवामा स्वास्थ्य, कृषि, पशुसेवा, सरसफाइलगायत विभिन्न कार्यालयबाट परामर्श, बीउविजन, स्वास्थ्य परीक्षण, पशु स्वास्थ्य परीक्षणलगायत सेवा स्थानीयवासीले लिइहेका छन् ।

No comments:

Post a Comment