नेपाली समाचार ,Nepal Flag

Monday, May 20, 2013

'बिकज अफ बिकज अफ' भन्दै रेखा लाजले भुतुक्कै भएपछि..(भिडियो सहित)

एमाओवादी पार्टी प्रवेश गरेर मिडियामा छाएकी नायीका रेखा थापाको अंग्रेजीको विषयमा पनि अहिले चर्चा चलेको छ । हाल निकै सानो घेरामा चलेको यो प्रंसगलाई नेपालीहेडलाइन्सले पाठकसमक्ष ल्याउने जमर्को गरेको छ ।
अंग्रेजी खासै बोल्न जान्दिन भन्ने रेखा थापाले त्यस दिन एक अंग्रेजी मिडियाका लागि भन्दै अंग्रेजीमा केही बोलेकी रहिछिन् । रेखाले अंग्रेजीमा बोलको कुराको गाइँगुई हल्ला भएपछि कुरोको चुरोसम्म पुग्न नेपालीहेडलाइन्सको मनोरञ्जन ब्युरोले अनुसन्धान गरेको थियो ।
पत्ता लगाइए अनुसार अंग्रेजी मिडियालाई भन्दै रेखालाई क्यामेरामा बोल्न लगाइएको थियो ।
पार्टी प्रवेश गरेको दिन र त्यो पनि 'गौरवशाली' पार्टी, त्यही जोशमा रेखाले अंग्रेजी बोलिछन् । बोल्दा बोल्दै अंग्रेजी शब्द नआएपछि रेखा रोकिएको र लाजले भुतुक्क हुँदै फिल्मी शैलीमा मुस्कुराएको भिडियो समेत हामीले फेला पार्यौं ।
भिडियोमा उनले, 'नेपलिज माओइस्ट इज भेरी पोजेटिभ' भन्दै बोल्न शुरू गरेकी थिइन् तर बोल्दै जाँदा उनको बोली 'बिकज अफ बिकज अफ' भन्दै गर्दा रोकियो र अन्तत ऊनी लाजले भुतुक्क हुँदै अर्को तिर कर्के नजर लगाइन् र क्यामरा म्यानले पनि थप भिडियो कैद गर्न चाहेनन् र भिडियो रोकियो ।
हेरौ अंग्रेजी बोल्दा रेखा यसरि लाजले भुतुक्कै भएको भिडियो हे्र्नुस..
 
 

No comments:

Post a Comment