नेपाली समाचार ,Nepal Flag

Wednesday, May 22, 2013

मोरी त पोइल पो जना लागि रे

दुईदिन टाढा हुँदाखेरी तिमी अर्कै भाकी छौ रे
छोरा छोरी रुवाइ रुवाइ चौतारी मा धाकी छौ रे
ठुलै चर्चा गर्छन् होला गाउ घर का सबले तिम्रो
तिमी भने मक्ख पर्दै लाली पाउडर लाकी छौ रे
दु:ख सम्झी यहाँ मैले यहाँ रातदिन नङ्रा घोट्छु
घर खर्च को जमै पैसा मेरिज खेली उ डाकी छौ रे
'डिस,को'अनी'रेस्तुरेन्ट'मा'बियर'अनी'हुस्की'तान्दै
खै किन हो मलाई छोडी अर्कै लाई पो ताकी छौ रे
बिर्सियौ नी किन तिमले अग्नीको त्यो सात फेरो
जीवन साथी ठान्थे मत साझा बस पो भाकी छौ रे

No comments:

Post a Comment